बागलुङ केन्द्रबिन्दु बनाएर गयो ४.५ रेक्टरस्केलको भुकम्प

रिपोर्ट नेपाल | 2019 Nov 01 | 09:20 am 1788

काठमाडौं, कात्तिक १५: पश्चिम बागलुङको तमानखोला गाउँपालिकाको खुनखानी नजिकै केन्द्रबिन्दु बनाएर भूकम्प गएको छ । शुक्रबार बिहान ३ बजेर ५१ मिनेटमा ४.५ रेक्टरस्केलको भुकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जानकारी दिए ।

भूकम्प मापन केन्द्रका अनुसार २०७२ साल बैशाख १२ गते गोरखाको बारपाकलाई केन्द्र बिन्दु बनाएर गएको बिनाशकारी भुकम्पपछि गएका पराकम्पन भन्दा फरक रहेको छ ।

यसरी पटक–पटक स–सना पराकम्पन जानुमहाभूकम्पको शक्ति क्षयीकरण भएकाले यसलाई राम्रो हिसाबले हेर्नु पर्ने केन्द्रले बताएको छ । भुकम्पको कम्पन पर्वत लगायतका बिभिन्न छिमेकी जिल्लाहरुमा समेत महशुस भएको बताइएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.