काठमाडौं, २ असार : नेपाली कांग्रेसको शुभेच्छुक संस्थाको रूपमा रहेको ट्रेड युनियन कांग्रेसको मत गणना धमाधम भइरहेको छ । संस्थापन पक्ष र वरिष्ठ नेता रामचन्द्र पौडेलबीच युनियनको नेतृत्व कसले लिने भन्नेमा तीव्र प्रतिस्पर्धा चलिरहेको छ ।
बिहान आठ बजेसम्म भएको मत गणनामा पौडेल पक्ष भन्दा संस्थापन पक्ष १९९ मत अन्तरले पछाडी रहेको छ । संस्थापन पक्षका पुष्कर आचार्यले ६३६ मत पाएका छन् भने पौडेल पक्ष खिलानाथ दाहालले ४३७ मत पाएका छन् । दाहाल हालका सभापति समेत हुन।
जम्मा १३९०मत खसेकोमा बिहान आठ बजेसम्म ११ सय मत गणना भइसकेको छ । अब २९० मत मात्र गणना हुन बाँकी छ ।