तनहुँ, जेठ २१: अवैध लागूऔषधसहित एक युवक पक्राउ परेको छ । पक्राउ पर्नेमा तनहुँ भानु नगरपालिका वडा नम्बर २ आमबोटेका २३ वर्षीय रमेश खत्री रहेका छन् ।
मंगलबार भानु नगरपालिका वडा नम्बर २ आमबोटेमा शंकास्पद रुपमा फेला परेका खत्रीको शरिर खानतलासी उक्त लागूऔषध बरामद गरिएको प्रहरीले जानकारी दिए ।
उनको साथबाट डाईजेपाम २७ फेनरागन ३२ र नुफिन ३२ गरी जम्मा ९१ थान लागु औषध फेला परेकोले अवैध लागूऔषध ओसारपोसारको कानुन बमोजिम खत्रीलाई पक्राउ गरी लागूऔषध मुद्धामा तनहुँ जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भईरहेको प्रहरीले जनाए ।