तनहुँ,असार ७: अवैध रूपमा लागूऔषध कारोबार गर्ने दुई जनालाई लागूऔषध सहित प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा तनहुँ आँबुखैरेनी गाउँपालिका वडा नम्बर २ ढकालटारका ३० वर्षीय जिबन भन्ने गिर बहादुर मगर र कास्की जिरो किमी घर भई हाल तनहुँ आँबुखैरेनी गाउँपालिका वडा नम्बर ३ पानीघट्टा बस्ने २७ वर्षीय सुमन नेपाली रहेका छन् ।
आँबुखैरेनी गाउँपालिका वडा नम्बर २ ढकालटार खहरेखोलामा २ जना पुरुष ब्यक्तिहरु शंकास्पद रुपमा बसेको भन्ने गोप्य सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय आँबुखैरेनी तनहुँका कार्यालय प्रमुख समेतको प्रहरी टोलीले उनीहरुलाई नियन्त्रणमा लिईएको हो ।
उनीहरुलाई खानतलासी गर्दा उनीहरुको साथबाट डाईजेपाम सिसि ९० एम्पुल, फेनरागन सिसि ९० एम्पुल र नुफिन सिसि ९० एम्पुल, अल्कोहल स्वाब १०० पिस, प्रयोग नगरेको सिरिन्ज १५, मनिपर्स १, हुवेवे लेखेको कालो स्मार्ट फोन १, नगद ५ हजार १५ र लागु औषध बाध्न प्रयोग गरेको कालो टेप १ बरामद गरिएको छ ।
पक्राउ परेका दुबै जनालाई लागूऔषध मुद्धामा अदालतबाट म्याद थप गरी अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।