Libya मा तैनाथ नेपाली शान्ति सैनिकहरुको अदलीबदली

| 2023 May 19 | 01:41 pm 517

काठमाडाैं, जेठ ५ः संयुक्त राष्ट्रसंघको आव्हानमा शान्ति स्थापना कार्यको लागि खट्टिने क्रममा, मिति २०८० जेठ ४ गते United Nations Support Mission In Libya (UNSMIL) मा तैनाथ श्री स्पेशल गार्ड युनिट (शान्ति सेना) चौथो डफ्फालाई बदली गर्नको लागि श्री स्पेशल गार्ड युनिट (शान्ति सेना) पाँचौं डफ्फाका ११५ जना शान्ति सैनिकहरुको अन्तिम टोली सेनानी रामेश्वर कार्कीको नेतृत्वमा Nepal Airlines को विमानमार्फत मिशन ईलाकातर्फ प्रस्थान गरेको छ ।

प्रमुख सेनानी भाईकाजी थापाको कमाण्डमा खटिएको उक्त युनिटका ११५ जना सकलदर्जाहरु यस अगावै मिशन ईलाका पुगिसकेका छन् ।

यस्तै, उक्त मिशनमा तैनाथ श्री स्पेशल गार्ड युनिट (शान्ति सेना) चौथो डफ्फाका ११५ जना शान्ति सैनिकहरु सेनानी अनन्त बहादुर सिंहको नेतृत्वमा आज मिति २०८० ज्येष्ठ ०५ गते स्वदेश फिर्ता हुने कार्यक्रम रहेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.