२९ राउण्ड गोलीसहित पोखरा विमानस्थलबाट एक पक्राउ

रिपोर्ट नेपाल | 2020 Jan 26 | 06:39 pm 1937

कास्की, माघ १२: अवैध २९ राउण्ड गोलीसहित पाेखरा विमानस्थलबाट कास्की प्रहरीले एका जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा पोखरा महानगरपालिका २७ रिठेपानीका ४० वर्षीय जितु शाही रहेको प्रहरीले जानकारी दिएको छ ।

उनलाई २२ बोर राइफलमा प्रयोग हुने २९ राउण्ड गोलीसहित आइतबार बिहान प्रहरीले पक्राउ गरेको हो ।

पोखरा विमानस्थलबाट यति एयरको उडानद्वारा काठमाडौंतर्फ आउन लागेका शाहीले बोकेको झोला एक्सरे मेशिनमा जाँच गर्ने क्रममा उक्त गोली फेला पारी प्रहरीले शाहीलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बुझिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.