ढाका, असोज १५ : बंगलादेशमा जारी एसीसी यू–१९ एसिया कपमा लगातार दोस्रो खेलमा पराजित भएपछि नेपाल समुह चरणबाटै एक खेल अगाडीनै बाहिरिएको छ । आज भएको खेलमा अफगानिस्तानसँग ३ विकेटले पराजित भएपछि नेपाल समुह चरणबाटै बाहिरिएको हो ।
बङ्गलादेशस्थित क्रिरा शिख मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ३८ दशमलव ३ ओभरमा सबै विकेट गुमाउँदै १३२ रनको विजयी लक्ष्य दिएको थियो । नेपालले दिएको सामान्य लक्ष्य अफगानिस्तानले ३७ ओभर ३ बलमा ७ विकेटको क्षतिमा पुरा गरे ।
अफगानिस्तानलाई सहज जित दिलाउन अजमातुल्ला ओमरजीले ३ छक्काको सहयोगमा ३० बलमा २३ रन बनाए भने
बलिङमा चार विकेट लिएका थिए ।
त्यस्तै आरिफ खानले २३ रन बनाए । पाँचौ विकेटका रुपमा ओमरजीलाई २४ ओभरमा सुर्य तामाङले आउट गरेपछि नेपाल खेलमा फर्किने संकेत देखाएको थियो । कुनै समय अफगानिस्तान २९ ओभरमा ११२ –६ को स्थितिमा पुगेको थियो ।
तर अफगानिस्तानलाई रोक्न १ सय ३२ रनको लक्ष्य प्रयाप्त भएन । त्यस्तै ओपनर तथा कप्तान रमानुल्लाह गुरबाज २६ ,रियाज हसन ११,इजाज अहमिद १६,बासिर खान ४, मोहमम्द इशाक ६ र अब्दुल रहमानले ८ रन बनाए । नेपालका लागि सुर्य तामाङले ४, पवन सरार्फ,रसिद खान र सागर ढकालले समान एक एक विकेट लिएपनि टोलीलाई हारबाट टार्न सकेनन् ।