पशुपतिनाथको मन्दिर खुला गरिँदै

रिपोर्ट नेपाल | 2021 Sep 03 | 07:29 am 985

काठमाडौँ, भदौ १८ः पशुपतिनाथ र गुह्येश्वरी मन्दिर भदौ २५ गतेदेखि खुला गर्ने तयारी भएको छ । कोरोना सङ्क्रमणका कारण लागू भएको निषेधाज्ञाले बन्द हुन पुगेको पशुपति गुह्येश्वरीलगायतका मन्दिर भक्तजनका लागि खुला गर्ने तयारी भएको छ ।

पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक डा. घनश्याम खतिवडाका अनुसार भदौ २५ गतेदेखि नाथ र गुह्येश्वरी मन्दिर खुला गर्ने विषयमा आवश्यक तयारीका लागि कोषले सम्बद्व सरोकारवालासँग परामर्शका लागि बोलाएको छ । वैशाख १६ गतेदेखि पाँच महिना बढी यी मन्दिर नित्य पूजाका लागि बाहेक सर्वसाधारणका लागि बन्द गरिएको थियो । गाेरखापत्र दैनिकबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.