काठमाडौं, १८ असार : सिंगापुरको १३ दिने बसाईपछि कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आइतबार स्वदेश फर्किएका छन्। उपचारपछि पत्नी सीताको स्वास्थ्य स्थितिमा राम्रो सुधार आएपछि उनीहरु स्वदेश फर्किएका हुन्।
अस्पतालमा उपचारका क्रममा सीतालार्इ प्रोग्रेसिभ सुप्रान्युक्लियर पाल्सी ९पिएसपी० प्रमाणित भएको छ। तीन महिनासम्मको वाटर थेरापी र औषधि सेवनपछि रोगको निदान हुँदै जाने चिकित्सकहरुको भनाइ रहेको छ। रोगको पहिचान भएको र निदान हुने कुराले उनका र उनको परिवारमा आशा जगाएको छ।