तिम्रो मेरो आत्माकथा हृदयमा सजिएछ…

रिपोर्ट नेपाल | 2022 Dec 15 | 07:11 pm 2873

गजल…

तिम्रो मेरो आत्माकथा हृदयमा सजिएछ
हेर्दाहेर्दै आजसम्म तिम्लाई मात्रै रोजिएछ
धेरै आउछन् गोरेटोमा बाटो छेक्ने आँखाहरु
जाल थाप्छन है उनीहरु सुसेली र भाकाहरु।

कथाभित्र राजारानी बाहिर आँसु छानीछानी
तिम्रै बोली मीठो लाग्छ, प्रिय लाग्छ आनीबानी
त्यति टाढा लाग्दैन राजै जति दूरी छ घामजून
संगै आत्मा जोडीएसी त पर्दैनरैछ हातैले छुन।

तिमिबाहेक कुन्नी किन यो मन जान्न अरुसित
अजम्बरी भैरहनेछ हामी दुईको प्रेम गीत
तिम्रो मुहार सधैंभरी मेरो जिउने आधार हो
तिम्रोअघि अरु नाताहरु सबैसबै फिका नै भो।

हृदयभित्र लुकाएर तिम्रो माया जोगाइराख्छु
हरेक साझ बिहानमा तिम्रै लागि देवता भाग्छु
नपरोस् है कहिल्यै रुन यत्ति भन्छु देउतासित
जिन्दगीको छोटो यात्रा पुरा रहोस् एउटासित।।

कमला राना

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.