घरको छतबाट खसेर एक बालिकाको मृत्यु

रिपोर्ट नेपाल | 2020 Feb 03 | 01:25 pm 1735

बागलुङ, माघ २०: खेल्ने क्रममा घरको छतबाट खसेर एक बालिकाको मृत्यु भएको छ ।

बागलुङको काठेखोला गाउँपालिका ८ लेखानी घर भई बागलुङ नगरपालिका १ रामरेखामा आफन्तकोमा आएकी विमला बिककी १५ महिनाकी छोरी दिपसिना बिकको घरको छतबाट खसेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङले जानकारी दिएको छ ।

रामरेखामा आफन्तको घरमा भेटघाटका लागि आएको बेला एक तला माथिबाट भुँइमा झरेकी बालिका गम्भीर घाइते भएकी थिइन् ।

उनलाई तत्काल धौलागिरी अञ्चल अस्पतालमा सामान्य उपचारपछि पोखरास्थित मणिपाल शिक्षण अस्पताल लगिएको थियो । तर अस्पतालले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रमुख प्रहरी उपरीक्षक नवराज भट्टले बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.