गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण पुन: सुरु

रिपोर्ट नेपाल | 2019 Jul 23 | 06:27 pm 2077

चितवन, असार ७ : गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणको काम झण्डै दुई महिनापछि पुन: सुरु भएको छ। जेठ १५ गतेदेखि रोकिएको रंगशालाको काम मंगलबारदेखि सुरु भएको धुर्मुस सुन्तली फाउण्डेशनका अध्यक्ष सीताराम कट्टेल धुर्मुसले जानकारी दिए।

निर्माणस्थलको सुरक्षाका लागि प्रहरी नायव निरीक्षकको नेतृत्वमा प्रहरी परिचालन गरिएको छ। वर्षायाममा अरू काम हुन नसक्ने हुनाले झाडी हटाउने, कर्मचारी तथा मजदुर आवासको भवन बनाउने, त्यसको रंगरोगन गर्नेलगायतका काम गर्ने धुर्मुसले बताए।

जेठ १५ गते स्थानीयको एउटा समूहले रंगशाला निर्माणस्थलको बारमा डोजर चलाएपछि फाउण्डेशनले काम गर्ने वातावरण नभएको भन्दै काम स्थगित गरेको थियो। फाउन्डेसनका अध्यक्ष धुर्मुसले दसैँ अगाडि नै डीपीआर तयार हुने बताए।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.