–सुर्य प्रसाद खनाल, गुल्मी
बिधि बिधान मै हुँ ।
यो देशको संबिधान मै हुँ ।
अदालत मै हुँ ,
कानुनको वकालत पनि मै हु ।
देश मै हुँ,
राजा मै हुँ,
पञ्चायत मै हुँ,
र म राणाहरुको पनि अवशेष हुँ ।
डाक्टर मै हुँ,
हैट बिश्लेषक पनि मै हुँ ।
देशको अभिभारा मै हुँ ,
संबिधानको धारा मै हुँ ।
प्रतिनिधि शभा मै हुँ ,
राष्ट्रिय शभा पनि मै हुँ ।
यो देश मै हुँ ,
र आजको परिवेश पनि मै हुँ ।
राजा, राणा, पञ्चायत को हुन ??
असलि कुख्यात शासक मै हुँ ।।