सुदूरपश्चिम सरकारका मन्त्री फिर्ता हुँदैनन् : रेशम चौधरी

| 2024 Mar 09 | 08:55 pm 533

काठमाण्डौ २६ फागुन / निर्वाचन आयोगले बिहीबार चौधरीलाई अध्यक्षको हैसियत नदिएपछि सुदूरपश्चिम पुगेर नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीले सुदूरपश्चिममा पार्टीका तर्फबाट सरकारमा गएका मन्त्री फिर्ता नहुने बताएका छन् ।

पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठले नेतृत्वसँग सल्लाह नै नगरी प्रदेश सरकारमा सहभागी भएको भन्दै मन्त्रीहरुलाई तत्काल फिर्ता हुन निर्देशन दिएकी थिइन् । तर नेता चौधरीले शुक्रबार राति मन्त्री बनेका सांसदहरु सरकारबाट फिर्ता नहुने बताएका हुन् ।

संरक्षक रेशम चौधरीले लुम्बिनी प्रदेशमा पनि एक मन्त्री र एक राज्यमन्त्री थप हुने संकेत गरेका छन् । उनले कांग्रेस नेतृत्वको सरकारलाई समर्थन गर्दै नयाँ मन्त्री थपेका थिए । सुदूरपश्चिममा कांग्रेस नेतृत्वको सरकार तत्कालका लागि जोगिएको छ ।

शनिबार बुटवल आएका नेता चौधरीले पत्रकारहरुसँग बोल्दै पार्टीभित्र अध्यक्ष श्रेष्ठ र आफूबीच कुनै असमझदारी नरहेको तर मन्त्रीहरु फिर्ता नहुने जिकिर गरे ।

लुम्बिनीमा पनि हामीले एक मन्त्री र एक राज्यमन्त्री माग गरेको उनले बताए । ‘हामीहरु अहिले सरकार बनाउने र भत्काउने खेलमा लागेका छैनौ। ‘त्यसैले प्रदेश सरकारहरुलाई दिएको समर्थन फिर्ता लिंदैनौं, लुम्बिनीमा के हुन्छ छलफल जारी छ ।’

उनले पार्टीमा केन्द्रीय कमिटीको निर्णय सबैले मान्नुपर्ने पनि बताए । ‘अहिले पार्टीमा बाहिर देखिएजस्तो अन्तरद्वन्द्व छैन र तयसलाई बढाउनु पनि हुँदैन,’ उनले भने, ‘कतै उहाँ (पार्टी अध्यक्ष रञ्जीता श्रेष्ठ)ले मन्त्रीहरू सरकारबाट फिर्ता आउनुपर्छ भन्ने बोल्नुभएको होला । हाम्रो पार्टीमा सरकारमा पठाउँदा र फिर्ता गर्दा केन्द्रीय समितिको निर्णय चाहिन्छ भन्ने छ । त्यसैले केन्द्रीय समितिको बैठकको निर्णय सबैले स्वीकार गर्नुपर्छ ।’

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.