सुख, आनन्द र लोकतन्त्र

रिपोर्ट नेपाल | 2018 Jun 09 | 12:13 pm 3116

– शोभाकर पराजुली

महामानव बी.पी.ले भन्नुभएको छ- ‘लोकतन्त्रको रुप जस्तो पनि हुन सक्छ, तर त्यसमा सत्ताधारीहरू सरह अरु विचारलाई पनि जनताले आवधिक रुपमा छान्न पाउनु पर्दछ । उहाँको विचारमा त्यसो नहँुदा जोसँग बढी ठूलो तरवार छ उसैको शासन हुन्छ ।’

बीपीका यो अवधारणाका आधारमा भन्नुपर्दा तरबार (बल प्रयोग) लोकतन्त्रको गुण हुन सक्दैन । दलका हतियारधारी जत्था र दलका लडाकुहरूको आधारमा राजनीति हुनु र राज्यको ढुकुटी प्रयोग हुने संस्थामा दलका भातृ संङ्गठनहरू हुनु लोकतन्त्रको परिचय होइन । तर लोकतन्त्रवादीहरूले पनि फलामले फलामलाई काट्छ भन्ने मान्यताका आधारमा एकदलीय सर्वसत्तावादीको एकछत्र राजबाट बचाउन संगठन खोल्नु पर्ने अवस्था आउन सक्दछ । तर त्यो अस्थायी र फलामले फलामलाई काट्ने हदसम्म मात्र ।

मानिसहरू सुख र आनन्द एउटै हो भन्ने गर्दछन् । वास्तवमा कहिलेकाँही यिनीहरूमा प्रस्ट भिन्नता पाइन्छ । सुख पहिला भएको अवस्थामा भन्दा फरक तर विकासबाट प्राप्त हुने गर्दछ । पहिला पानी लिनका लागि एक घण्टा टाढा जान पर्दथ्यो । अहिले घर घरमा नै धारा छ भने त्यो सुख हो । आनन्द भनेको प्रायः क्षणिक हुन्छ । माओवादीले कसैलाई मार्न लागेका थिए । भाग्दा भाग्दै एउटा रुखमा ठूलो प्वाल रहेछ । मानिस त्यहाँ लुक्यो । माओवादीले देखेनन् । उनीहरू फिर्ता भए । पछि पीडित त्यहाँबाट विस्थापित भएर बाहिर गयो । उसलाई त्यतिबेला विस्थापन पनि आनन्द हुन्छ ।

बीपीले मानव स्वभावलाई यसरी पनि उल्लेख गर्नु भएको छ– शुरुमा जतिसुकै असह्य जस्तो लागे पनि शायद समय र परिस्थितिसंग मानिस अभ्यस्त हुन पुग्छ । नत्र भने मानिसहरूलाई मानसिक रुपले विक्षिप्त तुल्याउँदै यो संसार नै बहुलाहा भैसक्थ्यो होला । अन्यायसँग अभ्यस्त हुन सिकाउने, राम्रा विकल्पहरूप्रति आँखा चिम्लन लगाउने र शासन गर्ने परिपाटी कुनै पनि रुपमा लोकतन्त्र र समाजवाद ।

धर्म गुरुहरूले सुखलाई अर्को रुपमा पनि हेरेका छन् । साइबाबा भन्नुहुन्छ– आवश्यकता कम गर सुख आँफै प्राप्त हुन्छ । यो पनि एउटा आनन्द हो ।

साइबाबाले भन्नुभए जस्तै भारी बोकेर थकित भएको मानिसलाई चौतारीको शीतलमा ढुंगामाथि पाखुरालाई सिरानी बनाएर सुत्दा पनि आनन्द आउँदछ । अर्काेतर्फ एसीमा आरामदायी विछ्यौनामा सुत्नेहरूलाई पनि त्यसमा सुत्दा सुत्दा आराम हुन छोड्दछ ।

त्यसैले पहिला पहिला बच्चामा भारी बोक्दा बाबु आमाहरूलाई भारी गह्रौँ भयो भन्दा उनीहरूसँग अर्को उपाय हुँदैनथ्यो । उनीहरूले आफ्नो मध्येको झिक्न मिल्ने केही थपिदिएर अगाडि बढ्न लगाउँदथे । पछि त्यो भारीलाई झिकिदिन्थे र सोध्दथे–हलुङ्गो भयो ? वास्तवमा हलुँगो भएको जस्तो लाग्दथ्यो । के राजनीतिको लक्ष्य यो भन्दा तल्लो हुन सक्छ ? वा हुन्छ ?

युक्तिसंगत मान्न सकिँदैन तर मानिस विवश हुनु र बाँच्नु अलग अवस्था हो भन्ने महामानवको आशय हो ।

लोकतन्त्रमा सुखलाई विकास समेतका माध्यमबाट सबैलाई बाँड्न सकिएन भने बहुसंख्यक जनता दुःखी हुन्छन् । उनीहरूले त्यसका विरुद्ध कार्य गर्न सक्दछन् । त्यतिबेला त्यो केहीले पाएको सुख क्षणिक हुन पुग्दछ । आज भ्रष्टाचार गरेर कमाएको धन भाेिल अख्तियार लाग्यो भने त्यो सुख स्थायी हुन सक्दैन ।

लोकतन्त्रमा सुखलाई विकास समेतका माध्यमबाट सबैलाई बाँड्न सकिएन भने बहुसंख्यक जनता दुःखी हुन्छन् । उनीहरूले त्यसका विरुद्ध कार्य गर्न सक्दछन् । त्यतिबेला त्यो केहीले पाएको सुख क्षणिक हुन पुग्दछ । आज भ्रष्टाचार गरेर कमाएको धन भाेिल अख्तियार लाग्यो भने त्यो सुख स्थायी हुन सक्दैन । तर सबै जनताको हित गर्दै आफ्नो पनि हित हेरेको सुखले स्थायित्व प्राप्त गर्दछ । चोरी हुँदैन, डाँका लाग्दैन, विरोध हुँदैन, ठगी हुँदैन वा त्यस्ता कार्यहरू कम हुँदै जान्छन् ।

त्यसैले वास्तविक लोकतन्त्रवादीहरूको लागि सुख भनेको विकास र समग्र समानतामा आधारित सुख हो । आनन्दलाई तुलनात्मक रुपमा हेर्न पनि सकिन्छ र प्रायः जोखिमबाट मुक्ति हुँदाको तत्कालिक खुसीलाई आनन्द मान्ने गरिन्छ ।

यही वाध्यताको कारणले आर्थिक र राजनीतिक अन्यायका वावजुद कहिले आशामा मानिस बाँचेका छन् भने कहिले कर्म नै यस्तो भनेर वा सर्वसत्तावादीहरूले दिएको भ्रम र डरको कारणले सहेर बाँच्न सिकेका छन् । हाम्रा दिन आउने छन् भनेर पर्खेर बसेका पनि छन् ।

लोकतन्त्रको राजनीतिमा त्यो नियम लागू हुँदैन, तानाशाहीमा मात्र हुन्छ भन्ने हामिले भुल्न हुँदैन । जनताले सुख पाउनु नै पर्दछ । त्यो पनि भौतिक सुख र पहिलाभन्दा बढी सुख पाउनु पर्दछ । शान्तिमा नै सुखले स्थायित्व पाउने हुन्छ । तर माओवादीहरू होस् वा अन्य तानाशाहहरूले दिने सुख भनेको पहिला पुल भत्काउने पछि डुङ्गा पनि चल्न नदिने र पुनः डुङ्गा चल्न दिएर नदी तर्नलाई सजिलो बनाइदिएका छौँ भन्ने सुख हो । अन्याय कम गरेर दिने सुख, त्यो पनि उनीहरूको अन्यायलाई मान्नुपर्ने सुख पनि कहिलेकाहीँ सुख भनिन सक्ने रहेछ ।

विकास गर्ने, मानवीय हितको कार्य गर्ने, विकासको फल जनतालाई उपयुक्त किसिमले बाँड्ने तथा समग्र जनतालाई ध्यान दिएर कार्य गर्ने हो भने त्यो कार्य दीर्घकालीन योजना जस्तै हुन्छ । लामो समयको अनुमान र त्यसको अनुशरणले कहिलेकाँहि वा बहुधा नयाँ ट्र««याकबाट राम्रो कार्य गर्न रोक्ने पनि हुन्छ । त्यसैले विकास र समानतालाई बढी आधार मानेर त्यसको प्रतिफललाई नै द्वन्द्वान्त्मक भौतिकवादको परिणाम मान्न सकिन्छ । समाज विकास क्रम कार्ल माक्र्स्ले व्याख्या गर्नुभन्दा पहिला पनि त भएको थियो भन्ने तथ्यबाट पनि यो प्रष्ट हुन्छ ।

साईबाबाले यो पनि भन्नुभएको सुखले भौतिक सुखलाई अस्वीकार गर्दैन । उहाँले अस्पताल बनाउनु भएको छ, विभिन्न सहयोगी कार्यहरू गर्नु भएको छ । तर काम गर्र्दै जाऊ र त्यसबाट प्राप्त सुखलाई मान । दुख गरेको परिणामबाट प्राप्त सुखलाई नै स्वीकार गर । अनावश्यक कल्पना नगर र अरुलाई सहयोग नगरी आँफू मात्र सुख नखोज भन्ने आसय बाबाको हुनु पर्दछ ।

धर्म गुरुहरूको सुखको परिभाषाले दुख पाउनको लागि प्रेरित गर्दैन बरु काम गर्दै जाने र आएको सुखमा सन्तुष्ट हुने, असंभव र अनावश्यक कुरामा मन नदिने तथा आफ्नो सुखलाई अरुको सुखसंग पनि तुलना गरेर अरुलाई पनि सुख दिने सोच लिन पर्दछ भन्ने मान्दछ । गतिशीलतामा विश्वास राख्ने योगी, धर्मात्माहरूको भनाइ लोकतन्त्र जस्तै वैज्ञानिक पनि छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.