सशस्त्र प्रहरी महानिरीक्षक कप–२०७७’ सोमबार सम्पन्न खेलहरु

| 2020 Dec 21 | 07:55 pm 3545

काठमाडौं, पुस ६ः ‘सशस्त्र प्रहरी महानिरीक्षक कप–२०७७’ अन्तरगत सोमबार विभिन्न खेलहरु सम्पन्न भएका छन् । उक्त प्रतियोगिताको आज भएको पुरुष फुटबलतर्फको सेमी फाईनल खेलमा सशस्त्र प्रहरी बल, नेपाल नम्बर २ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरीले सशस्त्र प्रहरी बल, नेपाल नम्बर १ बराह बाहिनी मुख्यालय सुनसरीलाई २–० गोलले पराजित गरेको छ भने सशस्त्र प्रहरी बल, नेपाल नम्बर ७ बैद्यनाथ बाहिनी मुख्यालय कैलालीले सशस्त्र प्रहरी बल, नेपाल नम्बर ४ मुक्तिनाथ बाहिनी मुख्यालय कास्कीलाई १–० गोलले पराजित गरी दुवै टिम फाईनलमा प्रवेश गरेका छन् ।

No description available.

यसैगरी भलिबलतर्फको खेलमा सशस्त्र प्रहरी बल, नेपाल नम्बर ६ महेश्वरी बाहिनी मुख्यालय सुर्खेतले सशस्त्र प्रहरी बल, नेपाल नम्बर ७ बैद्यनाथ बाहिनी मुख्यालय कैलालीलाई २५–२३, २५–१५, २२–२५, २५–२३ र १५–१३ को स्कोरले पराजित गरी तेस्रो स्थान हासिल गरेको छ ।

यसैगरी प्रतियोगिताको आज भएको एथलेटिक्सतर्फको पुरुष लङ्गजम्पमा सशस्त्र प्रहरी बल, नेपाल नम्बर २ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरीका सशस्त्र प्रहरी जवान राजु चौधरी प्रथम भएका छन् भने सशस्त्र प्रहरी बल, नेपाल नम्बर १ बराह बाहिनी मुख्यालय सुनसरीका सशस्त्र प्रहरी जवान जर्मन कार्की दोश्रो तथा सशस्त्र प्रहरी बल, नेपाल नम्बर ७ बैद्यनाथ बाहिनी मुख्यालय कैलालीका सशस्त्र प्रहरी जवान मंगल थारु तेस्रो भएका छन् ।

फुटबल, भलिबल तथा एथलेटिक्सका विभिन्न इभेन्ट्सहरु समावेश रहेको ‘सशस्त्र प्रहरी महानिरीक्षक कप–२०७७’ मा १८ जना महिलासहित कूल २ सय ७० जना खेलाडीहरुको सहभागिता रहेको छ ।

No description available.

उक्त प्रतियोगिता यही पुस ७ गतेसम्म नेपाल एपीएफ रंगशाला र राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठान मातातीर्थमा संचालन हुनेछ ।

चोरीनिकासीको रेडबुल बरामद
पश्चिम नवलपरासी जिल्लाको प्रतापपुर गाउँपालिका ८ पिपरपातीबाट एपीएफ टोलीले करीव ६ लाख २४ हजार रुपैयाँ बराबरको चोरीनिकासीको रेडबुल बरामद गरेको छ ।

लु १ च २०५५ नम्बरको पिकअप गाडीमा राखी नेपालबाट अवैध रुपले भारततर्फ लैजाँदै गरेको उक्त रेडबुल सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट गुठीप्रर्सौनीबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो ।

त्यसवेला एपीएफ टोलीले उक्त पिकअप गाडी समेत बरामद गरेको छ । बरामद रेडबुल तथा गाडी भन्सार कार्यालय महेशपुरमा बुझाईएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.