श्रीमतीको कुटाइबाट श्रीमानको मृत्यु

रिपोर्ट नेपाल | 2020 Jan 31 | 05:30 pm 1801

बागलुङ, माघ १७: श्रीमतीको कुटाइबाट बागलुङमा श्रीमानको मृत्यु भएको छ । मृतयु हुनेमा बागलुङको तमानखोला गाउँपालिका १ का ६४ वर्षीय रविलाल विक रहेका छन् ।

उर्नी आफ्नै श्रीमती ६० वर्षीया जमुना विकको कुटाइबाट मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

गएराती उनीहरू बीच सामान्य विवादमा हात हालहाल भएको र सोहि क्रममा श्रीमान रविलाल विक भित्ताको ढुंगामा ठोक्किन पुगेका थिए ।

श्रीमतीको धक्का खाएर ढुंगामा ठोक्किएका रविलालको घटनास्थलमै मृत्यु भएको गण्डकी प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

जमुनालाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको बताइएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.