काठमाडाैं, जेठ १६ः रक्षा सम्बद्ध संचारकर्मीहरुलाई नेपाली सेनाको सांगठनिक स्वरूप, कार्यसंचालन प्रकृया लगायतका बिषयमा जानकारी गराउने उद्देश्यले रुपन्देही, बुटवलस्थित श्री मध्य पश्चिम पृतनामा रक्षा संवाददाता अभिमुखिकरण कार्यक्रम (Defence Correspondent Orientation Programme) आजबाट शुरू भएको छ ।
अभिमुखिकरण कार्यक्रमको थालनी गर्दै जनसम्पर्क तथा सूचना निर्देशक सहायक रथी कृष्ण
प्रसाद भण्डारीले कार्यक्रमको महत्व र आवश्यकताका बारेमा जानकारी गराए। श्री मध्य पश्चिम
पृतनाका चिफ अफ स्टाफ सहायक रथी माधव थापाले सहभागीहरूलाई स्वागत गरे ।
यसैगरि श्री नं. २२ बाहिनीका बाहिनीपति सहायक रथी ललित बहादुर कुवंरले संचारकर्मीहरुलाई सेनाका बारेमा बुझ्न यो कार्यक्रम फलदायी हुने विश्वास ब्यक्त गरे । त्यस अवसरमा रक्षा मन्त्रालयका प्रतिनिधि उप- सचिव फणिन्द्र पोखरेल तथा अधिकृतहरुको उपस्थिती थियो ।
अभिमूखिकरण कार्यक्रममा नेपाली सेनाका विभिन्न निकायहरुको काम, कर्तव्य र जिम्मेवारीहरुको बारेमा प्रस्तुतिकरण तथा अन्तरक्रिया सहितको जानकारीमूलक कार्यक्रम सञ्चालन गरिने छ । यस्तै, सहभागीहरुबाट पाल्पा दरबार तथा ऐतिहासिक जितगढी किल्ला लगायतको भ्रमण पनि हुनेछ ।