महिलाप्रतिको भरोसा भङ्ग गर्ने नेपाली महिलाहरू !

| 2023 May 17 | 02:51 pm 2385

महादेव, कृष्ण, धृतराष्ट्र र पाण्डवहरूका बारेमा बरु टिप्पणी हुने गर्छ, तर पार्वती, राधा, गान्धारी र द्रौपदी आदिका बारेमा कुनै नकारात्मक बहस गर्दैन हाम्रो सभ्यताले ! एउटा बेग्लै विश्वास र भरोसा राखिन्थ्यो महिलाप्रति जबसम्म केही महिलाले त्यस्तो भरोसा भङ्ग गरेनन् !
✍ देवप्रकाश त्रिपाठी

इसाई र इस्लामिक संसारले नारी र सृष्टिलाई कसरी हेर्ने गर्छ भन्ने विषयमा चासो राख्नेहरू सबैलाई जानकारी हुनेगर्छ र, सनातनी सभ्यता एवम् परम्परामा महिलाको स्थान कहाँनेर छ भन्ने बुझ्न पनि लेन्सको सहारा लिइरहनु पर्नेछैन । सनातनी धर्मबाहेक अन्य कुनै पनि पन्थमा नारीको पूजा हुने गर्दैन, नारीलाई देवी र शक्तिको रूपमा स्वीकार गरिन्न । तथापि अन्य पन्थभित्र ‘जहाँ नारीको पूजा हुन्छ त्यो नै स्वर्ग हो’ भन्ने शास्त्रसम्मत मान्यता राखिँदैन, त्यहाँ पनि नारीको तिरष्कार नै हुन्छ भन्नचाहिँ सकिँदैन । पूर्वीय सभ्यता र शास्त्रमा झैँ पश्चिममा नारीशक्ति पुजिँदैनन्, शक्तिको श्रोत मानिदैनन्, देवीका रूपमा बुझिँदैनन्, भोगिन्छन् ! हाम्रो सभ्यता र संस्कारले नारीप्रति अपनाएको दृष्टि र व्यवहार आफैमा विशिष्ट र अनुपम छ । नारीबाट अपराध र भ्रष्टाचार हुन नसक्ने विश्वासमा हाम्रो समाज थियो । नेपाली राजनीतिमा ६ महिलाहरूको पदार्पण हुनुअघिसम्म महिलालाई नीति निर्माण तहमा पु¥याइयो भने उनीहरूबाट भ्रष्टाचार कहिल्यै नहुने ठानिन्थ्यो र, मञ्चहरूबाट सगौरव घोषणा हुने गर्थ्यो- ‘महिलाबाट कहिल्यै भ्रष्टाचार हुँदैन ।’

शास्त्रीय कालका पार्वती, सीता, द्रौपदी, कुन्ती, सावित्री, सतीदेवी, गान्धारी, राधा, गार्गी आदि तथा ऐतिहासिक कालखण्डकी भृकुटीले जुन सम्मान पाएकी छन्, यो तिनका आफ्नै कर्म, सङ्घर्ष र समर्पणको बलमा मिलेको उपलब्धि हो, जसका कारण शदीयौँसम्म महिलाको इमान-जमानमा शङ्का गरिएन । जब सीतालाई त्याग्नु थियो भने उनको नाममा किन रावणसँग भीषण युद्ध लडियो र, पटक-पटक उनको अग्निपरीक्षा किन लिइयो भनेर भगवान राममाथि प्रश्न उठ्नेगर्छ हाम्रो समाजमा ! महादेव, कृष्ण, धृतराष्ट्र र पाण्डवहरूका बारेमा बरु टिप्पणी हुने गर्छ, तर पार्वती, राधा, गान्धारी र द्रौपदी आदिका बारेमा कुनै नकारात्मक बहस गर्दैन हाम्रो सभ्यताले ! एउटा बेग्लै विश्वास र भरोसा राखिन्थ्यो महिलाप्रति जबसम्म केही महिलाले त्यस्तो भरोसा भङ्ग गरेनन् !

पञ्चायतकालमा वीरेन्द्रलाई पत्नीद्वारा अधीनस्थ राजाका रूपमा लिइन्थ्यो । राजकाजमा हस्तक्षेप, अहङ्कारी सोच–व्यवहार तथा आर्जनात्मक प्रवृत्तिका कारण रानी ऐश्वर्यको छविमा नकारात्मकता हाबी हुँदै गएको थियो । २०४६ सालमा राजा वीरेन्द्रभन्दा बढी ऐश्वर्यका विरूद्ध नारा लागेको र, उनलाई पम्फादेवी नामाकरण गरिएको थियो । तर ऐश्वर्यलाई नारीभन्दा बढी रानीका रूपमा लिइयो र विरोध हुनुको कारण पनि उनको ‘हाई ह्याण्ड्नेस’लाई ठानियो । २०४६ सालको राजनीतिक परिवर्तनपश्चात् मंगलादेवीको कार्यशैली र सोच/व्यबहार पनि आलोचनात्मक बनेको हो । २०४८ सालमा गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री बनेका बेला शैलजा आचार्य मन्त्री बनाइनुभएको थियो । एक सन्दर्भमा शैलजाले संसद्को रोस्ट्रममै उभिएर आफ्नो मन्त्रालयमा ‘भ्रष्टाचारको जालो’ भएको अभिव्यक्ति दिनुभएपछि गिरिजाले उनको राजीनामा मागे र, मन्त्रिमण्डलबाट बिदा दिए । यस घटनाले एकतिर महिलाहरू वास्तवमै भ्रष्टाचार गर्दैनन् भन्ने विश्वास स्थापित गरेको थियो भने अर्कोतिर शैलजाको बहिर्गमनसँगै तत्कालीन ‘बालुवाटार’मा दुई महिलाको एकछत्र प्रभुत्व स्थापित हुन पुग्यो । नोना कोइराला र सुजाता कोइराला सर्वशक्तिमान महिलाका रूपमा चिनिन थाले र, कालान्तरमा उनीहरूको परिचय खुङ्खार भ्रष्टाचारीको रूपमा हुनथाल्यो । गिरिजा पटक-पटक प्रधानमन्त्री बनिरहँदा यी दुई महिला सधैं शक्तिशाली भूमिकामा देखापरे, दुवैको प्राथमिकता ‘नगद’ भएको प्रचार कसैले गरेका थिएनन्, तर सिङ्गो देशले उनीहरूलाई केवल नगदप्रेमी महिलाका रूपमा मात्र चिनिरह्यो । प्रजातन्त्र स्थापनापश्चात् महिला पनि भ्रष्टाचारी हुँदारहेछन् भन्ने बलियो सन्देश यिनै दुई महिलाले दिएका थिए ।

गिरिजा पटक-पटक प्रधानमन्त्री बनिरहँदा यी दुई महिला सधैं शक्तिशाली भूमिकामा देखापरे, दुवैको प्राथमिकता ‘नगद’ भएको प्रचार कसैले गरेका थिएनन्, तर सिङ्गो देशले उनीहरूलाई केवल नगदप्रेमी महिलाका रूपमा मात्र चिनिरह्यो । प्रजातन्त्र स्थापनापश्चात् महिला पनि भ्रष्टाचारी हुँदारहेछन् भन्ने बलियो सन्देश यिनै दुई महिलाले दिएका थिए ।

नोना कोइराला यतिबेला प्रकट संसारमा छिनन्, सुजाताले आफ्नो छविमा परिवर्तन ल्याउन सकिनन् । सुजाताको सक्रियतामा विराम नलाग्दै अर्को शक्तिशाली महिला बनेर प्रकट भइन् आरजु राणा ! २०५१ सालको प्रारम्भतिर गृहमन्त्री शेरबहादुर देउवालाई आरजुले आफ्नो बनाएपछि उनले देउवालाई कहिल्यै कसैको हुन दिइनन्, पहिले पुराना साथीहरूबाट आरजुले देउवालाई टाढा पुऱ्याइन् त्यसपछि आफूलाई मन नपर्ने देउवाका मित्रहरूलाई पाखा लगाइन् र, देउवालाई एकहाते भैंसी बनाएर दुहुन थालिन् । यसरी देउवाको दरबारमा विगत तीन दशकदेखि आरजुले एकछत्र राज गरिरहेकी छन् । सुरुवाती दिनहरूमा नगद सङ्ग्रहमा सीमित उनले बिस्तारै आफ्नो भूमिका फराकिलो तुल्याउँदै ‘इस्ट इण्डीया कम्पनी’ले झैँ राजनीतिसमेत काबुमा राख्न खोज्दैछिन् !

आरजुको सक्रियता कायम रहँदारहँदै २०६३ को परिवर्तनपश्चात् सत्ता-राजनीतिमा हिशिला नामक अर्की महिलाको ‘इण्ट्री’ भयो । यिनले पनि आफू सुजाता र आरजुभन्दा कम ‘क्रान्तिकारी’ नरहेको प्रमाणित गरिदिइन् । त्यसपछि बालकृष्णपत्नी मन्जुको धमाकेदार प्रकटिकरण भयो, ‘खानपिन प्रतिष्पर्धा’मा आफू कमजोर नरहेको प्रमाणित गर्ने प्रयास यिनीबाट पनि निरन्तर हुँदै आएको हो । र, भनिँदै छ- प्रचण्डकी कान्छीछोरी पनि ‘अग्रज’हरूको सिको गर्दैछिन् । देशमा आधी जनसङ्ख्या महिलाको छ र, राजनीतिमा सहभागी महिलाको सङ्ख्या पनि सानो छैन, तर सुजाता, आरजु, हिशिला र मन्जुलगायतका महिलाका कारण डेढ दशकयता महिलाबाट भ्रष्टाचार हुँदैन भन्ने दाबी गर्न छोडिएको छ । सङ्ख्यामा आधी दर्जन भन्दा कम महिलाका कारण सिङ्गै नेपाली महिलाप्रतिको दृष्टिकोण र भरोसामा बिराम लाग्न पुगेको छ ।

त्यसो त यसरी सीमित महिलाका कारण असीमित महिलाप्रतिको धारणा बदलिएको नेपालमा मात्र होइन, कुनै समयको स्वतन्त्र मुलुक सिक्किमको बर्बादीमा त्यहाँका राजाकी पत्नी होप कुकको भूमिका सर्वाधिक जिम्मेवार रहेको ठहर इतिहासले गरेको छ । चीनमा माओ त्से तुङकी पत्नी चियाङ चिनको ‘हाइ ह्याण्डनेस’ले माओको बदनामी मात्र गरेन, चिनियाँ राजनीतिमा अस्वाभाविक तनाव र तरङ्ग पैदा गर्ने काम चियाङ चिनबाट भएको थियो । कालान्तरमा चियाङ चिनलाई कारावासको सजाय दिइएपछि मात्र चीनको राजनीतिमा उत्पन्न तनाव शिथिल भइ एउटा लयमा चीन फर्किएको हो ।

देशमा आधी जनसङ्ख्या महिलाको छ र, राजनीतिमा सहभागी महिलाको सङ्ख्या पनि सानो छैन, तर सुजाता, आरजु, हिशिला र मन्जुलगायतका महिलाका कारण डेढ दशकयता महिलाबाट भ्रष्टाचार हुँदैन भन्ने दाबी गर्न छोडिएको छ । सङ्ख्यामा आधी दर्जन भन्दा कम महिलाका कारण सिङ्गै नेपाली महिलाप्रतिको दृष्टिकोण र भरोसामा बिराम लाग्न पुगेको छ ।

दशकौँ लामो सङ्घर्षपश्चात् रङ्गभेदी सत्ता बिसर्जन भएको दक्षिण अफ्रिकाको राजनीतिक परिवर्तनपश्चात् नेल्सन मण्डेलाले देशको सत्ता सम्हालेका थिए । उनको नेतृत्वमा दक्षिण अफ्रिकाको कायापलट हुने विश्वास गरिएको थियो, तर पत्नी बिन्नी मण्डेलाको कार्यब्यवहारका कारण नेल्सन मण्डेलाको बदनामी मात्र भएन, परिवर्तनको उपहास हुन थालेको महसूस आमतवरमै गर्न थालियो । मण्डेला स्वयम्ले वास्तविकता बुझेपछि उनी आफ्नी प्रिय पत्नी बिन्नीसँगको वैवाहिक सम्बन्ध अन्त्य गर्ने निर्णयमा पुगेका थिए । बिन्नी, जसले सत्ताइस वर्ष लामो कारावासका क्रममा मण्डेलालाई धैर्यपूर्वक साथ दिएकी थिइन्, कठोर कालखण्डकी सहयात्री पत्नीलाई परित्याग गर्ने इच्छा मण्डेलामा पनि नहुँदो हो, तर राज्य सञ्चालनको दायित्व लिने ब्यक्ति पत्नी, सन्तान या आफन्तजनको स्वार्थ-घेरामा बाँधिएर बस्नु उपयुक्त नहुने सन्देश दिँदै मण्डेलाले एउटा अप्रिय निर्णय लिएका थिए ।

अयोध्याका राजा रामलाई आफ्नी पत्नी सीताको चरित्रमा कुनै शङ्का थिएन, उनको शुद्धतामा रामको शतप्रतिशत विश्वास थियो । तथापि लोकका निम्ति रामले सीताको अग्निपरीक्षा लिइदिए । अग्निपरीक्षापश्चात् पनि आम मानिसले नकारात्मक टिप्पणी गर्न थालेको र, त्यसले राज्य सञ्चालकप्रति आम मानिसको विश्वास र भरोसामा क्षति पुग्ने देखिएपछि राम रावणसँग भीषण युद्ध लडेर ल्याएकी पत्नी सीतालाई परित्याग गर्ने निर्णयमा पुगेका थिए । हामीलाई उपलब्ध राजनीतिक नेतृत्वमा रामका कुरा छोडौं, मण्डेलामा जति जिम्मेवारीबोध भएको पनि कहिल्यै महसूस गर्न सकिएन । बरू आफू सुशासनका गफ दिँदै पत्नी या पुत्रीलाई असुलीधन्दामा सक्रिय गराउने प्रवृत्ति यहाँ संस्कार बनेर देखापरिरहेछ । यसको अर्थ शासकीय भूमिकाका ब्यक्तिले पत्नी या पुत्रीलाई मात्र भ्रष्टाचार तथा अनियमिततामा सामेल गराएको भन्ने होइन । पुत्र, भाइ या परिवारका अन्य कुनै सदस्यलाई असुली धन्दामा प्रयोग गरी आफूले सुशासन र सदाचारको प्रवचन दिएको पनि हामीले सुनिरहनु परेको छ । यो समयका शासक/प्रशासकहरूमध्ये अधिकाङ्शले महिला सदस्यलाई दुरुपयोग गरी आफ्नो अवान्छित अभीष्टप्राप्तिमा लागेकोले यहाँ पत्नी र पुत्रीविशेषको चर्चा गर्नु परेको हो । जय मातृभूमि ! घटना र विचारबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.