-हेमन्त घिमिरे
औंसिको मध्यरात,
चिसो मौसम
सुनसान,गुमनाम सहरको पनि कुना भित्रको एक झुपडीमा
मानौं म मात्र व्यूझिएको छु ,
अरु सवै मस्त निद्रामा छन ।
धन्न झरी लागेको छैन
नत्र यी विच्छ्यानहरु समेत रुझ्ने थिए ।
एकसरा कपडाहरु
मध्यरातमा
न घाँमको ओत, न आगाको ताप
कठै कठ्यांग्रीन्थेहोला शरिरका अंगहरु
जसरी मनभित्रका काला बादल, नैराश्यता ,अशक्तताका झिल्काहरु
छचल्कीरहेका छन ।
समयको वेग न हो ।
साथीहरु फेल भए, विदेश पसे
घरजम गरे,छोरा छोरी , परिवार,न्यानो विस्तारा
परिवार , खुसिका पलहरु, मसिनो आहारा
जाडो त केवल मौसम न हो , फेरी
गर्मीको लागी पंखा र कुलरहरु तयार छन ।
छि हजुर पनि कति सोचिबक्सेको ज्यूनारहोस,
हिड्नोहोस भित्र मामुहजुरको भिडियोकल आएको थियो ।
भोली गाडी लिएर एकपल्ट भेटी आउनु न,
छोरीको फ्लाइट छ भोली, थोरै पढाइ कमजोर भएर के भो
एक दुई करोड खर्च गरेर भए पनि डाक्टर बनाउने नै हो ।
नभनिस्या मात्र हो म बुझ्छु नि , हजुर नि यहि सोची बक्स्या होला !
लिइस्यो, यो मस्रुम सुप , काइला सकिएछ त, छिटो गरिस्यो ।
मैले पँढे क्रृण काढेर, आहा नेपालको जागिर
डिग्री, स्थाई, पद पैशा,इनाम, इज्यत
तर कस्तो सिरसिराउदो ठण्डी ?
हिजो मात्र प्रियाले एउटा स्वेटर बच्चालाई किनिदिनु भन्दै थिइन ।
उनका शरिरका पातला बस्त्रहरु विचबाट जाडो छचल्कीरहेको थियो,
मानौँ म आजै बजार गएर खरिद गर्नेछु ।
न्याना विस्तारा,स्वेटर,ज्याकेट,मोजा,पञ्जा,टोपी र अन्य थुप्रै
तर २० गते सोसाइटी छ , यति क्रृण चुक्ता गर्न पाए,
जाडो त के हुदो हो र ? रातपछि त दिन आइहाल्दो हो !
फेरि दिउसो घाम पनि त लाग्दो हो !
कतै म बुढो त भैन ? सारै जाडो लाग्यो त !
नाई अझै जवानै छु – नानी बावु सानै छन
२० बर्ष त भयो देशको सेवा गरेको
एकपल्ट विदेश पसौकी ?
भन्छन त्यँहा सुन फल्छ रे !
कतै एक दुइ फल टिपेर ल्याउन पाए
सवै रहर पुरा हुने थिए, म पनि ज्युनार गरेर
यतिबेला मस्त निदाइरहेको हुनेछु ।
मानौं म मात्र निदाइरहेको हुनेछु ।
अरु सवै चिन्तित छन , आफ्ना भविष्यका खातिर
पश्चतापको अग्नी तापेर जाडो भगाउदै छन ।
आफ्नो जिवनबाट आफै अगाउदै छन , रमाउदै छन ।
(बगनासकाली गा.पा ०७ पाल्पा हाल मुसिकोट न.पा.०७ गुल्मी )