काठमाडौं, जेठ ३० : पत्रकारले कडा प्रश्न सोध्दा संचार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले टेलिभिजन कार्यक्रम नै बन्द गराइदिएका छन् । नेपाल टेलिभिजनमा प्रत्येक शनिबार राति ८ः४५ बजे प्रसारण हुँदै आएको ‘सिधा प्रश्न’ नामक बहस कार्यक्रम बन्द गराएका हुन् ।
संचार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाको आदेशमा कार्यक्रम बन्द भएको कार्यक्रम सञ्चालकले बताएका छन् । कार्यक्रममा कडा प्रश्न सोधेको भन्दै सञ्चारमन्त्री बाँस्कोटाले कार्यक्रम नै बन्द गरिदिएको कार्यक्रम संचालक राजु थापाले बताए ।
के थियो प्रश्न ?
अघिल्लो शनिबारको कार्यक्रममा संचार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटा अतिथि थिए । पत्रकार थापाले सरकारको सय दिन र मन्त्रीहरुको सम्पति विवरणका बारेमा केन्द्रीत रहेर कार्यक्रम चलाएका थिए । त्यसक्रममा थापाले कम्युनिष्ट सरकारका मन्त्रीहरुले आफ्नो सम्पति किन श्रीमतिका नाममा राख्छन् भनेर प्रश्न गरेका थिए । त्यसको प्रतिपाद मन्त्री बाँस्कोटालेगरेका थिए । कार्यक्रम सञ्चालक थापाले भने मैले उहाँले नै सार्वजनिक गरेको सम्पत्ति विवरण देखाएपछि उहाँ मसँग आक्रोशित हुनुभएको थियो त्यसको परिणामस्वरुप कार्यक्रम नै बन्द गरिदिनुभयो।’