छाउगोठमै निधन भएकी पार्वतीको शव उत्खनन् गर्दै प्रहरी

रिपोर्ट नेपाल | 2018 Jun 13 | 12:42 pm 1135

अछाम, जेठ २९: महिनावारी बार्न छाउपडी गोठमा सुतेको बेला सर्पले डसेर ज्यान गुमाएकी पार्वती बुढाको शव प्रहरीले उत्खनन् गर्ने भएको छ । पोष्टमार्टम नै नगरेर शव गाडिएकोले पोष्टमार्टम गर्नका लागि शव उत्खनन् गर्न लागिएको जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक राकेश तण्डुकारले जानाकरी दिए ।

प्राकृतिक मृत्यु बाहेकका घटनामा अनिवार्य पोष्टमार्टम गर्नुपर्ने कानुनी व्यवस्था भएकाले शव उत्खनन् गर्न लागिएको उनले जानकरी दिए। शव उत्खनन्‌का लागि प्रहरीको टोली शवस्थलमा पुगिसकेको छ।

शवलाई पोष्टमार्टमका लागि जिल्ला अस्पताल मंगलसेन ल्याइने प्रहरीले जानकारी दिएको छ। सदरमुकाम मंगलसेनबाट ८२ किलोमिटर टाढा रहेको अछामको तुर्माखाद गाउँपालिका-४ जुया गाउँकी १८ वर्षीया पार्वतीको शनिबार राति छाउपडी गोठमा सर्पले डसेर ज्यान गएको थियो।

आफन्तले पोष्टमार्टम नै नगरी शव गाडेका थिए। प्रहरीले खबर पाउँदा शव पोष्टमार्टम गर्नुपर्ने भएकाले गाउँलेले छाउ गोठमा नभइ घरमै सर्पले डसेर मृत्यु भएको भनेर सल्लाह गरेर घटना ढाकछोप गरेका थिए।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.