- राजेन्द्र न्यौपाने
गोरखा, चैत १४: जिल्ला प्रशासन कार्यालय गोरखाले तरकारी, दुधजन्य पदार्थ, पशुपन्छीको दाना, खाद्यन्न लगायतका वस्तु दुवानीका लागि जिल्ला प्रशासनबाट इमेल मार्फत पास उपलब्ध गराउने बताएको छ ।
आज अत्यन्त जरुरी सूचना जारी गर्दै पास लिएर सेवा दिन चाहने संस्था, फर्महरुले आफ्ना प्रमाणित कागजपत्रहरु, सवारी साधनको विलबुक, लाइसेन्स जिल्ला प्रशासन कायालयको इमेल ठेगाना [email protected] मा फाइल पेश गर्नु अनुरोध गरेको छ ।
यसैगरी अत्यावश्यक सेवाहरु खानेपानी, विद्युत, टेलिकम, अस्पताल जानुपर्ने अवस्थाका सवारीहरुका लागि पनि नियम अनुसार पास लिन प्रशासनद्वारा सूचना जारी भएको हो ।
प्रशासनको निर्देशन उलंघन गर्नेलाई कडा कारवाही गर्ने यसअघि नै सरकारले बताउँदै आएको छ ।
यसअघि गाउँ गाउँमा रहेका जनप्रतिनिधिहरु दूईचार थान माक्स लिएर जथाभावि भेटघाट समेत गर्दै आएका थिए ।