गजल – अँध्यारोमा रात गुजार्ने बास पनि छैन

| 2023 Nov 06 | 01:54 pm 1021

गजल

अँध्यारोमा रात गुजार्ने बास पनि छैन
मिठो मसिनाे परै जावस् गाँस पनि छैन ।। १

जतासुकै देख्छु पापी कहाँ लुकाऊँ मुटु
फाेक्साेसँग चाहिने जति सास पनि छैन ।। २

मान्छे होइन गरीब मर्छन् अभावमा यहाँ
श्रद्धाञ्जलि पाउने एउटा लाश पनि छैन ।। ३

निसास्सियाे वर्षाैं देखि पिरले याे जिन्दगी
शीतलता दिन सक्ने बतास पनि छैन ।। ४

परिस्थिति बदलिएसि निर्दयी भाे दुनियाँ
शिर उठाई उँभाे हेर्न आकाश पनि छैन ।। ५

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.