बाएजेन्सी २२ जेठ : बार्सिलोना क्लबका अध्यक्ष जोसेप मारिा बोर्टमेउले विश्व कपमा आफ्नो स्पोनिस राष्ट्रिय टोलीलाई नभई अर्जेन्टिनालाई समर्थन गर्ने स्वीकारेका छन् । लियोनल मेस्सीकै कारण आफुले अर्जेन्टिनालाई समर्थन गर्ने अध्यक्ष बोर्टमेउले प्रष्ट पारेका हुन् ।
मेस्सीले आफ्नो खेल जीवनमा अहिले सम्म जित्न नसकेको भनेको विश्व कप उपाधि मात्रै हो । क्लब स्तरमा बार्सिलोनाबाट उनले सबै खाले उपाधि जितिसकेका छन् । ३० वर्षे सुपर स्टार विश्व कप उपाधिको निकट पुगेर पनि असफल भएका थिए । चार वर्षअघि ब्राजिलमा भएको विश्व कपको फाइनलमा मेस्सीको टोली जर्मनीसँग १–० ले पराजित भएको थियो ।
‘मलाई आशा छ मेस्सीले विश्व कप जित्नेछन् ,’ अध्यक्ष बोर्टमेउसले भने,‘ मलाई लाग्छ मेस्सी फुटबल इतिहासकै उत्कृष्ट खेलाडी हुन् । उनी विश्वकप जित्न सक्छन् र सपना पुरा गर्न सक्छन् । ’ एक अर्थमा अर्जेन्टिनाको विश्व कप जित्ने सपना मेस्सीकै जिम्मेवारीमा रहेको मानिन्छ । उनीबाट धेरैले उच्च प्रदर्शनको आशा गरेका छन् । अर्जेन्टिनाको रक्षापक्ति उच्च स्तरको मानिन्न तर पनि उनी गोल गर्नमा भने सफल मानिन्छन् ।
उनीहरु आक्रमक शैली भने अत्यन्तै खतरनाक मानिन्छ । तर, अघिल्लो विश्व कपको फाइनलमा भने उनीहरु गोल गर्न असफल भएका थिए । रसियामा अर्जेन्टिनालाई दाबेदार मध्येको एकका रुपमा हेरिएको छ । समूह डीमा अर्जेन्टिना नाइजेरिया, आइसल्यान्ड र क्रोएसियासँग छ ।