अमेरिकाको मिसौरीमा डुङ्गा दुर्घटना, ११ को मृत्यु, पाँच बेपत्ता

रिपोर्ट नेपाल | 2018 Jul 20 | 03:20 pm 3133

वासिङ्टन, असार ४ : अमेरिकाको मिसौरी राज्यमा रहेको एक तालमा बिहीबार पर्यटक बोकेको डुङ्गा दुर्घटना हुँदा त्यसमा रहेका कम्तीमा पनि ११ जनाको ज्यान गएको छ ।

यस दुर्घटनामा परी कम्तीमा एघार व्यक्तिको मृत्यु भएको र अरू पाँच जना हराएका स्थानीय अधिकारीले जानकारी दिएका छन् । आँधी आएका कारण सो डुङ्गा डुबेको बताइएको छ । पर्यटकहरू जल सेयर गरिरहेका बेला ठुलो आँधीबेहरी आएको र त्यसका कारण सो दुर्घटना भएको जनाइएको छ ।

सो दुर्घटनामा मारिएकामा केही बालबालिका पनि रहेका जनाइएको छ । यस दुर्घटनामा घाइते भएका सात व्यक्तिलाई उद्धार गरी अस्पताल भर्ना गरिएको छ ।

स्थानीय समयअनुसार बिहीबार साँझ ६ः३० मा भएको सो घटनाको समयमा डुङ्गामा ३१ व्यक्ति सवार रहेका थिए । तीमध्ये केहीलाई भने सकुशल उद्धार गरिएको जनाइएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.