काठमाडौं जेठ २४: निर्वाचन आयोगले नेकपा एमाले र नेकपा माओवादी केन्द्रको नाम राखेर कोहि कसैले दल दर्ता गर्न नपाउने बताएको छ ।यसका साथै आयोगले यी दुई पार्टीका नाम, झण्डा र चुनावचिन्ह लिएर कुनै दलले राजनीतिक क्रियाकलाप गर्न नपाउने समेत प्रस्ट्याएको छ ।
यसअघि नेपाल कम्युनिस्ट पार्टी नाम दर्ता गर्न खाजींदा ऋषिराम कट्टेल अध्यक्ष रहेको नेपाल कम्युनिष्ट पार्टी २०४८ सालमा नै आयोगमा दर्ता भईसकेको कारण दर्ता हुन सकेको थिएन त्यसपछि ‘नेकपा अन्डरलाईन’ नाम राखेको उक्त पार्टीले निर्वाचन आयोगले आयोगमा दल दर्ता गर्न अस्वीकार गर्दै नाम परिवर्तन गर्न सुझाव दिएको थियो ।
हाल आएर नेकपा एमाले र नेकपा माओवादी केन्द्रले नेपाल कम्युनीस्ट पार्टी नेकपा राख्ने निर्णय गरेसँगै निर्वाचन आयोगले दल दर्ताको प्रमाणपत्र दिएको छ । आयोगले एक विज्ञप्तिमार्फत राजनीतिक दल सम्बन्धी ऐनको दफा १० बमोजिम एमाले र माओवादीको नाम तथा चिन्ह अरुले प्रयोग गर्न नपाउने बताएको छ ।