काठमाडौँ, असोज १६ । नेपालगञ्जमा हिन्दु र मुस्लिम समुदायबिच तनाव बढेपछि सरकारले दुई प्लाटुन सेना परिचालन गरेको छ । अपरान्ह १ बजे देखि आदेश जारी भएको अनिश्चितकालीन कर्फ्यू उलंघन हुन सक्ने कुरालाई मध्यनजर राख्दै सेना परिचालन गरिएको हो ।
जिल्ला प्रशासन कार्यालय बाँकेले अनिश्चितकालसम्मको लागि स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) (१) (३) बमोजिम कर्फ्यू आदेश जारी गरिसकेको छ ।
गत असोज १४ गते सामाजिक संजालमा मुस्लिम समुदायलाई लक्षित गरि लेखिएको स्टाटसको विषयलाई लिएर मुस्लिम समुदायले विरोध र्याली आयोजना गरेको थियो । यता मंगलबारको दिन ओमकार परिवार हिन्दु समाजले निकालेको न्यालीको क्रममा विवाद उत्पन्न भई नेपालगंज उपमहानगरपालिका क्षेत्रमा भएको सार्वजनिक सम्पत्ति तोडफोड, ढुंगामुडा प्रहार, उच्छृंखल गतिविधि लगायतका विरोध प्रदर्शन भएपछि प्रशासनले कर्फ्यू आदेश जारी गरेको थियो ।