मंसिर ११ देखि १३ सम्म कांग्रेसको महासमिति बैठक बस्ने

| 2023 Jul 26 | 07:06 pm 2289

काठमाडौं, साउन १० । नेपाली कांग्रेसको १४ औं  महाधिवेशन पश्चात ६ महिना भित्र नीति अधिवेशन गर्ने भनीएता पनि अन्तत महाधिवेशन सम्पन्न भएको १९ महिना पछि  आगामी मंसिरमा महासमिति बैठक गर्ने निर्णय भएको छ ।

हप्तादिन देखी प्रत्यक्ष प्रशारण सहित चलेको रस्साकस्सी सहितको  केन्द्रीय समिति बैठकले आगामी  मंसिर ११, १२ र १३ गते महासमितिको बैठक गर्ने निर्णय गरेको हो ।

महासमिति बैठक काठमाडौंमा बस्नेछ। यस्तै सांगठनिक सुदृढीकरणका लागि साउन २० देखि ३० गतेसम्म आन्तरिक अभियान र भदौ १० देखि २४ गतेसम्म ‘समुदायमा कांग्रेस’ नामक राष्ट्रव्यापी अभियान चलाउने निर्णय भएको जनाइएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.