सुगरका विरामीले के खान हुन्छ के हुँदैन ?

रिपोर्ट नेपाल | 2023 Jul 26 | 12:58 pm 111045

मानिसलाई विभिन्न रोग लाग्छ के रोग लाग्दा के खान हुन्छ वा हुदैन भन्ने कुरालाई ख्याल नगर्दा कति मान्छेको अकालमा ज्यान जान्छ । विभिन्न रोगहरू मध्ये मधुमेह (सुगर) रोग पनि एक जटिल रोग हो। सुगरका विरामीले खानपान‌लाई राम्रो सँग ख्याल गर्ने र व्याम गर्ने हो भने यो साधारण रोग हो। यो रोगसँग खेलवाड गर्ने हो भने यो अनेक रोग उत्पादन गर्ने कारखाना हो भन्दा फरक पर्दैन। सुगर भएका विरामीले एकै पटक पेट चर्किने गरी खानु हानिकारक हुन्छ ।

धेरै पटक थोरै भोईर खाएमा भने अत्यन्तै लाभदायक हुन्छ । सुगरका विरामीले विहान देखि साँझ सम्म कस्तो खानपान गर्दा राम्रो हुन्छ भन्ने विषयमा जानकारी गराउन खोजिएको छ। विहानको खाजा ६ बजे देखि ७ वजे भित्र ओट्स, दुध, स्याउ, सातु चना, अण्डा खादा राम्रो हुन्छ । सुगर फ्रि बिस्कुट, पाउरोटी, पप, दुनोट, बिस्कुट, कर्नफ्लेक्स खान राम्रो हुदैन । त्यस्तै विहानको खानामा भात ठिक्क मात्रामा खानुपर्छ । त्यसका अलवा दाल, साग तरकारी र थोरै मासु खाँदा राम्रो हुन्छ । सुगरका विरामीले आलु, तरुल, पिडालु, सखरखण्ड धेरै भात खानु हुदैन। दिउसोको खाजा २ देखि ३ बजे भित्रमा खाँदा भुजा, गेडागुडी, हाडे बदाम मकै फुला भटमास रोटी तरकारी दही खाँदा अत्यन्तै राम्रो हुन्छ।

मःमः, चाउमीन, समोसा, जेरी पुरी जस्ता खानेकुरा सुगरका बिरामीका लागि हानीकारक हुन। रातीको खाना ७ देखि ८ बजे सम्म खाने र रोटी दाल साग सब्जी अत्यन्तै राम्रो खानेकुरा हुन् । रातीको खानामा धेरै भात, पीठो, आलु व्याकेटको सुप खानु भनेको रोगलाई बृद्धी गर्नु हो । रोग लाग्नु भन्दा लाग्न नदिनु सबैभन्दा राम्रो पक्ष हो । रोगबाट टाढा रहनका लागि हामीले खानपानमा ध्यान दियौ भने त्यसले हामीलाई स्वस्थ्यकर मात्र होइन तन्दरुस्त पनि बनाउँछ ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.