करेन्ट लागेर घाइते शिक्षकको मृत्यु

| 2023 Apr 17 | 12:22 pm 1525

तनहुँ, बैशाख ४ः तनहुँको घिरिङ गाउँपालिका-२ कोलडाँडास्थित भित्री सडक खण्डमा गुडिरहेको मोटरसाइकलमा करेन्ट लाग्दा घाइते भएका शिक्षकको आज मृत्यु भएको छ।

मृत्यु हुनेमा बझाङको तल्लाकोट गाउँपालिका-२ बस्ने २७ वर्षीय जीवन रोकाया रहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाँणले बताए।

पार्वती आधारभूत विद्यालयमा भर्खरै नियुक्त भएका शिक्षक रोकाया विद्यालयबाट फर्किंदै गर्दा कोलडाँडामा लत्रिएको लाइनको तारमा मोटरसाइकल छोइएको थियो।

घाइते उनको आज पोखरामा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। मोटरसाइकल चालक मध्यनेपाल नगरपालिका-७ करापुरटार बस्ने ५० वर्षीय तीर्थ घिमिरेको घाइते अवस्थामा पोखरामा उपचार भइरहेको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.