फिफा वर्ष खेलाडीमा १० मनोनित

रिपोर्ट नेपाल | 2018 Jul 25 | 11:32 am 2227

काठमाडौं, साउन ९: विश्व फुटबलको सर्वोच्च निकाय (फिफा) ले फिफा वर्ष खेलाडीका लागि १० जनाको मनोनयन सार्वजनिक गरेको छ।

फिफाले मंगलबार राति सन् २०१७–१८ का लागि १० खेलाडीको मनोनयन सार्वजनिक गरेको हो । फिफाले सार्वजनिक गरेको १० खेलाडीमा पार्चुगलका क्रिष्टियानो रोनाल्डो, अर्जेन्टिनाका लिओनल मेसी, फ्रान्सका केलियन एमबाप्पे, एन्टोनी ग्रिजम्यान र राफायल भाराने टपटेन सूचीमा परेका छन्।

यसैगरी बेल्जियमका इडेन हाजार्ड, केभिन डी बरुएन, इंग्ल्यान्डका ह्यारी केन, क्रोएसियाका लुका मोड्रिच र इजिप्टका मोहमद सलाह सूचीमा परेका छन्। १० जनामा संसारकै महँगो खेलाडी ब्राजिलका नेयमार जुनियर भने पर्न सकेका छैनन्।

फिफाले राष्ट्रिय टिमका कप्तान र प्रशिक्षक तथा खेल पत्रकार र फुटबल समर्थकको मतको आधारमा वर्ष खेलाडी चयन गर्दै आएको छ।

गत वर्षको जुलाई ३ (२०१७) बाट यो वर्षको जुलाई १५ सम्म खेलाडीले क्लब र राष्ट्रको लागि खेल्दा गरेको प्रदर्शनको आधारमा २५ खेलाडी मनोनयन गरेको फिफाले जनाएको छ।

यस्तै फिफा वर्ष महिला खेलाडीको मनोनयनमा ओलम्पिक लियोनेसकी लुसी ब्रोन्जे, वुल्फवर्गकी पिर्निले हार्डर, ओलम्पिक लियोनेसका अदा हेजेरबर्ग, ओलम्पिक लियोनेसकै अमानडीने हेन्री, अष्ट्रेलियाकी साम केर, जापानकी सकी कुमागई, जर्मनीकी डिज्निफर मारोजसान, ब्राजिलका मार्टा, अमेरिकाकी मेगान रापिनोए र ओलम्पिक लियोनेसकी वेडी रेनार्ड परेकी छिन्।

फिफा वर्ष प्रशिक्षकमा विश्व बिजेता फ्रान्सका प्रशिक्षक डिडिएर डेसच्याम्प युभेन्ट्सका मासिमिलियानो एलेग्री, रुसका स्टेनस्लाभ चेर्चेसोभ, क्रोएसियाका लाट्को डालिस, म्यानचेस्टर सिटीका पेप ग्वार्डिवाला, लिभरपुलका जोर्गेन क्लोप, बेल्जियमका रोबर्टो मार्टिनेज, एथलेटिक मड्रिडका डिएगो सिमोन, इंग्ल्यान्डका ग्यारेथ साउथगेट, बार्सिलोनाका एर्नेष्टो भाल्भर्डे र रियल मड्रिडका जिनेदान जिदान मनोनयनमा परेको फिफाले जनाएको छ।

फिफाले विश्वभरका राष्ट्रिय टिमका कप्तान र प्रशिक्षक तथा छानिएका खेल पत्रकार र फुटबल समर्थकको मतको आधारमा वर्ष खेलाडी चयन गर्ने गर्दछ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.