काठमाडाैं, भदाै २८ः मित्रराष्ट्र रसियाको मस्को (Moscow) मा मिति २०७८ भाद्र ३१ गतेदेखि आश्विन १० (तदनुसार September 16-26, 2021) गतेसम्म संचालन हुने “58 th World Military Boxing Championship-2021” मा सहभागी हुने नेपाली सेना त्रिभुवन आर्मी क्लवका खेलाडी तथा अफिसियलहरुलाई साेमबार प्रधान सेनापति प्रभुराम शर्माद्वारा जंगी अड्डामा आयोजित एक कार्यक्रमकाबीच विदाई गरेका छन् ।
नेपाली सेनाका रथीवृन्द, राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव, नेपाल बक्सिङ्ग संघका अध्यक्ष, पत्रकारलगायत नेपाली सेना त्रिभुवन आर्मी क्लबका प्रायोजकहरुको उपस्थिती रहेको उक्त कार्यक्रममा महारथी शर्माले प्रतियोगितामा सहभागी हुने खेलाडी तथा अफिसियलहरुलाई सफलताको शुभकामना दिएका थिए ।
नेपाली सेनाले गत बर्ष सदस्यता लिएको International Military Sports Council (CISM) को आयोजनामा हुने उक्त प्रतियोगितामा नेपाली सेनाका ८ जना खेलाडीहरु (४ पुरुष/४ महिला) तथा ७ जना अफिसियलहरु सहभागी हुने कार्यक्रम रहेको छ । सम्बन्धीत खेलाडीहरुको Profile यसैसाथ संलग्न परिशिष्टमा उल्लेख गरिएको जानकारी गराइएकाे छ ।
यस प्रकारका अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपाली सेनाको सहभागीताले खेलाडीहरुमा आत्मविश्वास बढ्ने तथा सैनिक कुटनिती थप मजबुत हुने विश्वास नेपाली सेनाले लिएको बताइएकाे छ ।