कास्की, माघ १०: बिहीबार पक्राउ परेका गण्डकी प्रदेशसभा सदस्य सांसद राजीव गुरुङ (दीपक मनाङे) लाई अनुसन्धानको लागि दुई दिनको म्याद थप गरिएको छ।
उनलाई थप अनुसन्धानको लागि म्याद थप गरिएको कास्की प्रहरीले जानकारी दिएको छ।
मंगलबार सांसद मनाङेले अखिल नेपाल फुटबल संघ (एन्फा) कास्की अध्यक्ष मिलन गुरुङलाई दुर्व्यवहार गरेको अभियोगमा प्रहरीले उनलाई पोखराको लेकसाइडबाट पक्राउ गरेको थियो।
उनी विरुद्ध बुधबार एन्फा अध्यक्ष गुरुङले जिल्ला प्रहरी कार्यालय कास्कीमा जीउ धनको सुरक्षाको माग गर्दै उजुरी दिएका थिए।
मनाङेविरुद्ध उजुरी दिने एन्फा अध्यक्ष गुरुङलाई पनि कास्की प्रहरीले पक्राउ गरिसकेको छ। उनलाई ठगी आरोपमा पक्राउ गरेको प्रहरीले जनाएको छ।