काठमाडौँ, पुस २० : पक्राउ परेका १२२ चिनियाँ नागरिकलाई जिल्ला प्रशासन कार्यालय काठमाडौंले १ हजार जरिवाना तिराएर रिहा गरेको छ । काठमाडौं प्रशासनका प्रवक्ता जीवन आचार्यका अनुसार जनही १ हजार रुपैयाँ असुलेर उनीहरुलाई छाड्न निर्देशन दिइएको हो ।
तर चिनियाँहरुलाई अध्यागमन कानुन उल्लंघन गरेको कसुरमा देशबाट निष्कासनका लागि पुनः हिरासतमा लिइएको छ। उनीहरुलाई सोमबार अध्यागमन विभागको जिम्मा लागाइने छ। पुस ७ गते मनैमैजु, बाँसबारी र बुढानिलकण्ठका १० वटा घरमा छापा मारेर प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको थियो।
पक्राउ परेका व्यक्तिहरुबाट ७ सय ४६ थाना मोबाइल, ३ सय ३१ थान ल्याप्टप, ९८ थान सीपीयू, ९९ थान मनिटर, ३ सय २७ थान सिमकार्ड, पेनड्राइभ र ६७ वटा राहदानी बरामद गरिएकाे थियाे ।