प्रदेश ५ को संसदीय विषेश समितिले प्रदेशको नाम ‘लुम्बिनी’ राख्न सिफारिस

रिपोर्ट नेपाल | 2019 Dec 16 | 09:33 am 3852

बुटवल, मंसिर ३०: लामो समयसम्म नाम र राजधानी जुराउन नसकेको प्रदेशले नामको प्रस्ताव राखेको छ । प्रदेश ५ को संसदीय विषेश समितिले प्रदेशको नाम ‘लुम्बिनी’ सिफारिस गरेको छ । राजधानीका लागि ३ जिल्लाका ६ ठाउँ प्रस्ताव गरेको छ ।

समितिले रुपन्देहीको बुटवल र सैनामैना, कपिलवस्तुको बाणगंगा र बुद्ध भूमी तथा दाङको भालुवाङ र लमहीलाई प्रस्ताव गरेको छ ।

प्रदेश ५ को नाम र राजधानी तोक्ने बिषयमा सहमति हुने अवस्था नदेखिएपछि प्रदेश सभाको बैठकले २०७५ साउनमा संसदिय बिशेष समिति गठन गरेको थियो । पहिलो पटक ३ महिना कार्यादेश दिइएको उक्त समितिले पहिलो ३ महिना बैठक नै बस्न नसकि म्याद गुजारेको थियो ।

समितिले पहिलो कार्यादेश भित्र जिम्मेवारी पूरा गर्न नसकेपछि पुनः म्याद थप गरि जिम्मेवारी दिईएको थियो ।

तोकिएको जिम्मेवारी छोडेर भारतको हरियाणा र पन्जावको राजधानी भ्रमणमा गएको भन्दै चौतर्फि आलोचना भएका बेला समितिले नाम र राजधानी सिफारिसको टुंगो लगाएको छ । समितिले गरेको सिफारिसलाई प्रदेश सभाको बैठकको दुई तिहाईले पारित गर्नुपर्ने प्रावधान छ ।

तेस्रोपटक थपिएको म्याद सकिनै लाग्दा सोमवार आफ्नो प्रतिवेदन बुझाउने तयारी गरेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.