सागको महिला फुटबलमा भारतलाई स्वर्ण

| 2019 Dec 09 | 03:31 pm 2603

कास्की, मंसिर २३: १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत नेपाली महिला राष्ट्रिय टिमले स्वर्ण हातपार्नबाट चुकेका छन् ।
सोमबार पोखरा रंगशालामा सम्पन्न फाइनलमा नेपालको स्वर्ण जित्ने सपनालाई बञ्चित गर्दै भारतले २–० गोलले पराजित गर्दै उपाधि जितेको हो ।

खेलको १८ औं मिनेटमा बाला देवीले गोल गर्दै भारतलाई सुरुवाती अग्रता दिलाइन् । त्यस्तै खेलको ५६ औं मिनेटमा बाला देवीले नै व्यक्तिगत तथा भारतका लागि दोस्रो गोल गर्दै आयोजक राष्ट्र नेपालविरुद्ध अग्रता दोब्बर बनाइन् ।

त्यसपछि खेलमा थप गोल हुन सकेन र भारतले उपाधि आफ्नो पक्षमा पार्न सफल बन्यो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.