पाउँदीमा बस दुर्घटना एकको मृत्यु, चार घाइते

| 2019 Dec 08 | 01:53 pm 2073

लमजुङ, मंसिर २२: सुन्दरबजार नगरपालिका ७ स्थित पाउँदीमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

लमजुङ बेँसीशहरबाट गोर्खा जाँदै गरेको ग १ ख ५७९९ नम्बरको यात्रुवहाक बस आइतबार बिहान ७ बजे पाउँदीमा दुर्घटना भएको प्रहरीले जानकारी दिए।

प्रहरीका अनुसार पाउँदी सडकको ओरालोमा रोकिराखिएको बस सडकबाट झण्डै १ सय २० मिटर पाउँदी खोलामा खसेको थियो । दुर्घटनामा घाइते महिलाको सुन्दरबजार कर्मदा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय लमजुङका प्रमुख छवबहादुर घर्तीका अनुसार बस दुर्घटना हुँदा घाइते भएका ४ जनालाई उपचारका लागि चितवन मेडिकल कलेज, एक जनालाई आम्बुखैरेनी र एक जनालाई कर्मदा हस्पिटल सुन्दरबजार पठाइएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.