ट्रेड युनियन कांग्रेसको मत गणना जारी, संस्थापन पक्ष १९९ मतले पछाडी

रिपोर्ट नेपाल | 2018 Jun 16 | 08:59 am 2912

काठमाडौं, २ असार : नेपाली कांग्रेसको शुभेच्छुक संस्थाको रूपमा रहेको ट्रेड युनियन कांग्रेसको मत गणना धमाधम भइरहेको छ । संस्थापन पक्ष र वरिष्ठ नेता रामचन्द्र पौडेलबीच युनियनको नेतृत्व कसले लिने भन्नेमा तीव्र प्रतिस्पर्धा चलिरहेको छ ।

बिहान आठ बजेसम्म भएको मत गणनामा पौडेल पक्ष भन्दा संस्थापन पक्ष १९९ मत अन्तरले पछाडी रहेको छ । संस्थापन पक्षका पुष्कर आचार्यले ६३६ मत पाएका छन् भने पौडेल पक्ष खिलानाथ दाहालले ४३७ मत पाएका छन् । दाहाल हालका सभापति समेत हुन।

जम्मा १३९०मत खसेकोमा बिहान आठ बजेसम्म ११ सय मत गणना भइसकेको छ । अब २९० मत मात्र गणना हुन बाँकी छ ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.