जबर्जस्ती करणीका आरोपित फरार व्यक्ति पक्राउ

रिपोर्ट नेपाल | 2018 Dec 20 | 08:56 am 2507

सुर्खेत, पुस ५ : जबर्जस्ती करणी गरेको भनी अदालतले कसुरदार ठहर्‍याएको एक फरार व्यक्तिलाई बुधबार साँझ सुर्खेत प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा चिङ्गाड गाउँपालिका–६ अवलचिङ सुर्खेत निवासी टीका साउदका छोरा ५४ वर्षीय वासुदेव साउद हुन् । सुर्खेत जिल्ला अदालतले उनलाई जबर्जस्ती करणीको आरोपमा दोषी ठहर गरी पाँच वर्षको जेल सजाय तोकेको थियो ।

विशेष अनुसन्धानको क्रममा प्रहरीले उनलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रदीपबहादुर क्षेत्रीले जानकारी दिए।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.