साफ च्याम्पियनसिपका लागि नेपाली फुटबल टोलीको घोषणा, काे काे परे ?(सुचिसिहत)

रिपोर्ट नेपाल | 2018 Aug 27 | 06:05 pm 2048

काठमाडौं, भदौ ११ : बङ्गलादेशमा आउँदो १९ गतेदेखि ३० गतेसम्म हुने १२ औँ साफ च्याम्पियनसिपका लागि नेपाली राष्ट्रिय टोलीको घोषणा गरिएको छ । प्रशिक्षक बालगोपाल महर्जन र सहायक प्रशिक्षक किरण श्रेष्ठले विराज महर्जनको कप्तानीमा रहने गरी प्रारम्भिक छनोटमा रहेका ३० मध्येबाट २० खेलाडी घोषणा गरेका हुन् ।

घोषित टिममा नियमित स्ट्राइकर जर्ज प्रिन्स कार्की अटाएनन् भने डिफण्डरहरु कमल श्रेष्ठ र सुमन अर्याल तथा मिडफिल्डर निराजन खड्काले टिममा पुनरागमन गरेका छन् । बङ्गलादेशमा हुने साफ च्याम्पियसिपमा नेपाल समूह ए मा परेको छ । यस समूहमा पाकिस्तान, भुटान र घरेलु टोली बङ्गलादेश छन् ।

समूहचरणमा नेपालले आफ्नो पहिलो खेल भदौ १९ गते पाकिस्ताबिरुद्ध, दोस्रो खेल २१ भदौमा भुटानबिरुद्ध र अन्तिम खेल भदौ २३ मा घरेलु टोली बंगलादेशबिरुद्ध खेल्नेछ । नेपाली टोली भदौ १७ गते बङ्गलादेश प्रस्थान गर्नेछ ।

को को छन् नेपाली टोलीमा ?

गोलकिपर – किरण चेम्जोङ, विकेश कुथु, एलन न्यौपाने

डिफेन्डर – आदित्य चौधरी, दिनेश राजवंशी, देवेन्द्र तामाङ, विराज महर्जन, अनन्त तामाङ, रोहित चन्द, सुमन अर्याल ।

मिडफिल्डर – हेमन्त थापा मगर, हेमन गुरुङ, विशाल राई, सुनिल बल, सुजल श्रेष्ठ, निराजन खड्का ।

फरवार्ड – भरत खवास, बिमल घर्ती मगर, नवयुग श्रेष्ठ, अञ्जन विष्ट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.