साफ च्याम्पयनसिपमा भाग लिएर नेपाली राष्ट्रिय फुटबल टोली स्वदेश फर्कियो

रिपोर्ट नेपाल | 2018 Sep 13 | 07:15 pm 5946

काठमाडौँ, भदौ २८ : साफ च्याम्पियनसिपमा सहभागि हुन बंगलादेश गएको नेपालको राष्ट्रिय फुटबल टिम स्वदेश फर्किएको छ । नेपाली टिम आज दिउँसो करिव १ बजे त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल आइपुगेको हो ।

बंगलादेशमा भएको साफको १२ औ संस्करणमा नेपाल सेमिफाईनलबाट बाहिरिएको थियो । बुधबार भएको सेमिफाइनलमा नेपाल माल्दिभ्ससँग तीन शुन्य गोलले पराजित भएको थियो । समूह चरणमा भने नेपालले बंगलादेश र भुटानलाई हराएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.