नेपालको सय रन पूरा, आज जित्नै पर्ने दबाब

रिपोर्ट नेपाल | 2018 Sep 01 | 12:49 pm 1373

काठमाडौं, भदौ १६  :   एसिया कप छनोट प्रतियोगितामा मलेसियासँग व्याटिङ गर्दै गरेको नेपालले १०० रन पूरा गरेको हो। २० ओभरको समाप्तिमा नेपालले पाँच विकेट गुमाउँदै सय रन पूरा गरेको हो।

नेपालका लागि क्रिजमा रहेका दिपेन्द्रसिंह ऐरेले १६ र आरिफ शेखले २५ रन बनाएका छन्। अनिलकुमार शाहले १६, सुवास खकुरेलले ९, पारस खड्काले १३, ज्ञानेन्द्र मल्लले ११ र सागर पुन शुन्य रमनमा आउट भएका छन्।

मलेसियाका लागि सरविन मुनियान्डिले सिंगले ३ विकेट लिएका छन्। ३० ओभरमा छोट्याइएको खेलमा नपाले १४ ओभरको समाप्तिमा ६१ रन मात्रै बनाएको छ। लगातार दुई खेलमा हार व्येहोरेको नेपाललाई अघि बढ्नको लागि शनिबारको खेल जित्ने पर्ने दवाव छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.