काठमाडौं, असार ७ । जिम्वावेमा चलिरहेको आइसिसी एकदिवसीय विश्वकप छनोट खेलमा नेपालले राम्राे शुरूवात गरेकाे छ ।
दाेश्राे ओभरमा करण केसीकाे बलमा कायल मेयर्स आउट भएका छन् । करण केसीकाे बललाइ हान्ने क्रममा हावामा उडेकाे बलमा डाइभ गरेर कुसल भुर्तेलले क्याच गरेका थिए । उक्त ओभरमा करण केसीले एक रन पनि दिएनन् र मेडन ओभर भएकाे थियाे ।
त्यस्तै चाैथाे ओभरमा बलिङ गर्न आएका गुलसनले दाेश्राे विकेटकाे रूपमा जाेनसनलाइ आउट गरेका छन् । याे समाचार तयार पार्दा सम्म पाँचाै ओभरकाे खेल चलिरहदा वेस्ट इन्डिजले १३ रन बनाएर खेलिरहेकाे छ ।