दीपिका र रणवीरको विहेको ‘डेट फिक्स’

रिपोर्ट नेपाल | 2018 Oct 22 | 12:06 pm 4607

मुम्बई, कार्तिक ५: बलिउडकी चर्चित अभिनेत्री दीपिका पादुकोण र अभिनेता रणवीर सिंहबीच अर्काे महिना विहे हुने भएको छ। दीपिकाले विहेको कार्ड सामाजिक सञ्जाल इन्स्टाग्राममा शेयर गरेर विहेको पुष्टि गरेकी हुन्। उनका अनुसार विहे १४ नोभेम्वरमा हुनेछ।

सेतो रंगको विहेको कार्ड सार्वजनिक गर्दै दीपिकाले आफ्ना फ्यानलाई सरप्राइज समेत दिएकी छिन्। विहे कार्डमा लेखिएको छ, हामी तपाईलाई यो जानकारी गराउन पाउँदा निकै खुसी छौं कि परिवारको आर्शिवादले हाम्रो विहे १४ र १५ नोभेम्वरका लागि तय भएको छ।

यद्यपी विहे कार्डमा विहे कुन स्थानमा हुने भन्ने उल्लेख गरिएको छैन्। दुबैले विदेशमा विहे गर्ने अनुमान गरिएको छ।

विहेको कार्ड अंग्रेजी र हिन्दीमाः

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.