काठमाडाैं, भदाै २० । नेपाली चलचित्रकी चर्चित अभिनेत्री गौरी मल्लले तिज गीत ‘धिन ताका नाका धिन’ सार्वजनिक गरेकी छिन् ।
अभिनेत्री मल्लले आधुनिकशैलीमा तयार गरेको गीत मंगलवार काठमाडौंमा एक कार्यक्रमको आयोजना गरी सार्वजनिक गरेकी हुन् । कार्यक्रममा वरिष्ठ अभिनेता मदनकृष्ण श्रेष्ठ, वरिष्ठ अभिनेत्रीद्वय वसुन्धरा भुसाल र मिथिला शर्मा लगायतका कलाकारहरुको उपस्थिति रहेको थियो।
अभिनेत्री मल्लकै स्वर शब्द र संगीतमा रहेको सो गीतमा मल्लसँगै अभिनेत्री मिथिला शर्मालगायत चर्चित कलाकारको नृत्य रहेको छ । सो म्युजिक भिडियोको निर्देशन सन्तोष राजवाहकले गरेका छन्। म्युजिक भिडियो गौरी मल्ल च्यानलबाट सार्वजनिक गरिएको छ।