काठमाडौं, फागुन ३ : भारतमा चलिरहेकाे हिरो गोल्डकपको उपाधिका लागि नेपाल र म्यान्मारबीचको खेल सुरु भएको छ । खेल नेपाली समयअनुसार साँझ ६:१५ बजेबाट सुरु भएको हो ।
नेपाली टोलीले आज म्यान्मारसँगको प्रतिस्पर्धामा टोलीमा कुनै परिवर्तन गरेको छैन । नेपालको लागि फाइनलमा टोलीको कप्तानी रेनुका नगरकोटेले नै गरेकी भएकी छिन् । उनलाई मिडफिल्डमा दिपा राईले सहयोग गरेकी छन् ।
गोलरक्षकमा एन्जिला तुम्बापो लिम्बू तथा डिफेन्समा मनमाया लिम्बू, गीता राना, पुनम जर्घा मगर र हिराकुमारी भुजेल छिन्। विङ्समा अनिता बस्नेत र मन्जलीकुमारी योन्जनले खेलेकी छन्। त्यस्तै फरवार्डमा सावित्र भण्डारी र सरू लिम्बूले रहेकी छन् ।