मेस्सीले जिते छैटाैँ पटक युराेपियन गाेल्डेन बुट

रिपोर्ट नेपाल | 2019 May 25 | 09:30 am 2109

काठमाडाैं, जेठ ११ : लिओनल मेस्सीले करियरको छैटौँ पटक युरोपेली गोल्डेन बुट हात पारेका छन। मेसीले स्पेनिस ला लिगाका ३४ खेल खेल्दै ३६ गोल गरेका थिए ।

युरोपका लिगहरुमध्ये सर्वाधिक गोलकर्तालाई प्रदान गरिने अवार्डमा दोस्रो स्थानमा पीएसजीका युवा फरवार्ड किलियन एमबाप्पे रहे । यो अवार्ड जित्ने हाेडमा रहेका एमबाप्पे अन्तिममा चुक्न पुगे । शुक्रबार राति भएको लिगको अन्तिम खेलमा राइम्ससँग ३-१ को हार बेहोर्दा एमबाप्पेले १ गोल मात्र गरेपछि उनलाइ पछि पार्दै मेस्सीले याे अवार्ड जितेका हुन।

मेस्सीले लगातार तेस्रो पटक जित्दा स्पेनिस लिगका खेलाडीले याे अवार्ड जितेकाे यो लगातार ११ औं सिजन हो । यसअघि सन् २००७/०८ मा क्रिस्टियानो रोनाल्डोले म्यानचेस्टर युनाइटेडबाट ३१ गोल गर्दै अवार्ड जितेका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.