बक्सिङमा मिनुले थपिन नेपालका लागि एक स्वर्ण

रिपोर्ट नेपाल | 2019 Dec 09 | 03:50 pm 2356

काठमाडौं, मंसिर २३: १३औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत बक्सिङ तर्फको ५४ केजीमा मिनु गुरुङले स्वर्ण पदक हातपार्दै जारी सागको नेपालका लागि ४६औं पदक दिलाउन सफल भएकी छिन् ।

लगनखेलस्थित नेपाली सेनाको शारिरीक तालिम तथा खेलकुद केन्द्रमा सोमबार भएको फाइनल प्रतिस्पर्धामा मिनुले श्रीलकंन र भारतीय खेलाडीलाई हराएकी हुन् । नेपालले बक्सिङमा जितेको यो पहिलो स्वर्ण पदक हो ।

आजै भएको ४८ केजी तौल समूहको फाइनलमा भारतीय खेलाडीसँग पराजित हुँदै नेपालकी ललिता महर्जन रजत पदकमै सीमित भएकी छिन्।

ललिताले यसअघि श्रीलंकाकी नादिका पुष्प रनासिंघे अराचचिघेलाई अंकको आधारमा हराउँदै फाइनलमा स्थान सुरक्षित गरेकी थिइन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.