काठमाडाैं , वैशाख ११ : फिल्म ‘दाल भात तरकारी’ प्रदर्शनको नजिक छ। वैशाख २० गतेबाट प्रदर्शनमा आउने ‘दाल भात तरकारी’को टिम अहिले फिल्मको प्रचारमा व्यस्त छन्। आफ्नो पूर्व निर्धारित रिलिज मिति परिवर्तन गरेर कलाकारसँग साक्षात्कार कार्यक्रमको आयोजना गर्दै निर्माण टिम फिल्मको प्रचार प्रसारमा लागि परेका छन् ।
शुक्रबार निमार्ण टिमले राजधानीको गंगवु एक कार्यक्रम गरी फिल्म ‘दाल भात तरकारी’को प्रचार गरेको छन् । निमार्ण टिमले कलाकारसँग साक्षात्कार कार्यक्रमको आयोजना गरी फिल्म ‘दाल भात तरकारी’को प्रचार गरेको हाे ।

यसअघि वैशाक १३ मा रिलिज हुने घोषणा गरिएको थियो तर अहिले वैशाख २० मा सिनेमा ‘दाल भात तरकारी’को रिलिज मिति तोकिएको छ। निर्माता किरण केसीले प्राविधिक कारणले सिनेमाको रिलिज एक साता पर सारिएको बताउँदै रिलिज मिति सारेका थिए ।
महसञ्चारको ब्यानरमा निर्माण भएको चलचित्र दाल भात तरकारीका प्रस्तुतकर्ता किरण केसी रहेका छन भने निर्देशन सुदन केसीले गरेका हुन् । चलचित्रको कथा, पटकथा तथा संवाद हरिवंश आचार्यले लेखेका हुन् ।
चलचित्रमा हरिवंश आचार्य, मदनकृष्ण श्रेष्ठ, निरुता सिंह, प्रियंका कार्की, पुष्प खड्का, आँचल शर्मा, वर्षा राउत, किरण केसी, शिवहरी पौडेल, राजाराम पौडेल, बसुन्धरा भूषाल,सन्दिप क्षेत्री, यमन श्रेष्ठ, मोहितवंश आचार्य, जयनन्द लामा, शिशिर वांग्देल, विल्सन विक्रम राई, सुरेन्द्र केसीलगायतका कलाकारहरुको अभिनय रहेको छ ।